Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शीर्ष दलहरुको सहमतिमै संविधान संशोधन हुन्छ: सञ्चारमन्त्री गुरुङ

शीर्ष दलहरुको सहमतिमै संविधान संशोधन हुन्छ: सञ्चारमन्त्री गुरुङ

शनिवार , पौष १३, २०८१

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शीर्ष दलहरुसँगको सहमतिमै संविधान संशोधन हुने बताएका छन्।

माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताए।

सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।'

संशोधनका निम्ति संविधानको समीक्षा गरिने सञ्चारमन्त्री गुरुङको भनाई छ। सञ्चारमन्त्री गुरूङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077