Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेको नेतृत्व छाड्न प्रधानमन्त्री ओलीलाई घनश्यामको सुझाव

एमालेको नेतृत्व छाड्न प्रधानमन्त्री ओलीलाई घनश्यामको सुझाव

शनिवार , पौष १३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो आग्रह गरेका छन्। उनले एमालेभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताए।

नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा बोल्दै उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए ।

यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यस बेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको महासचिव भुसालको भनाई थियो ।

उनले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077