काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विश्वको कुनै शक्तिसँग पनि नझुक्ने स्वाभिमानी नागरिक भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले दीक्षित हुने सबैलाई देशभक्तिको भावना नछाड्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु कहिल्यै पनि कुनै पनि शक्तिको अगाडि विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जानेन- त्यस देशका स्वाभिमानी नागरिक हौं हामी। त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौं । हामी शान्ति चाहन्छौं।’
प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको पनि सुनाए ।
उनले त्रिविमा भएको कमीकमजोरीलाई सच्याउँदै जाने पनि बताए ।