Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

गिरिबन्धु र वाइडवडीको फाइल खोलेरै छाड्ने प्रचण्डको चेतावनी

गिरिबन्धु र वाइडवडीको फाइल खोलेरै छाड्ने प्रचण्डको चेतावनी

शनिवार , पौष १३, २०८१

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु र वाइडवडीको फाइल खोलेरै छाड्ने बताएका छन्।

कंचनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।

उनले अर्को पटक माओवादी केन्द्र बलियो भएमा गिरीबन्धु टि–स्टेटको फाइल खुल्ने र वाइडबडीमा भएको भ्रष्टाचारलाई त्यतिकै नछोड्ने चेतावनी दिए।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचारको पक्षमा काम गरको छ, तर म तपाईंहरुलाई भन्न चाहान्छु । गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउने दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडवडीको भ्रष्टाचार छोडिने छैन।’

उनले माओवादी बलियो भएमा सुशासनको युग सुरु हुने समेत दाबी गरे। अर्कोपटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुने अध्यक्ष प्रचण्डले दाबी गरे ।

सुशासन विरोधीहरुले आफूलाई सरकारमा बस्न नदिएको भन्दै प्रचण्डले आउने दिनमा माओवादी एक नम्बर भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने समेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077