काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेर हदबारे भएको निर्वाचनको मतगणना स्थगित भएको छ ।
नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । तर विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको हो ।
बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएको बताइएको छ । अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए ।
पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चुन्न यही पुस १७ गते दोस्रो चरणको निर्वाचन गर्ने कार्यतालिका छ ।