Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री ओलीको व्यंग्य - म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए !

प्रचण्डलाई प्रधानमन्त्री ओलीको व्यंग्य - म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए !

आइतवार , पौष १४, २०८१

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन सकिएको दाबी गरेका छन् ।

नेकपा एमाले पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताए।

प्रधानमन्त्री ओलीले भने,‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए। त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो।’

उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे।

उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।

अहिलेको सरकारमा एमाले र कांग्रेस रहेको भन्दै रोकीएका कामहरू फेरि अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077