Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पर्सामा प्रधानमन्त्री ओलीलाई १८० किलोका दुई माला !

पर्सामा प्रधानमन्त्री ओलीलाई १८० किलोका दुई माला !

आइतवार , पौष १४, २०८१

पर्सा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा नागरिक अभिनन्दन गरिएको छ ।

एमालेको पर्सा जिल्ला कमिटीद्वारा आइतबार औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा पर्साबासीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका हुन् ।

ओलीलाई गुप्तासहितले एउटा १०० किलो र अर्को ८० किलोको माला लगाइदिए । ओलीले पनि बडेमानका माला लगाइसकेपछि देश बनाउने पार्टी एमाले मात्रै रहेको जिकिर गरे ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराएका छन् ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । जयसवाल लगायत नेतार कार्यकर्ता एमालेमा प्रवेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077