Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सभापति देउवा भन्छन् - पार्टीमा युवा आवश्यक छ, नभए दलहरु अघि बढ्न सक्दैनन्

सभापति देउवा भन्छन् - पार्टीमा युवा आवश्यक छ, नभए दलहरु अघि बढ्न सक्दैनन्

आइतवार , पौष १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाबिना कुनै पनि राजनीतिक पार्टी अघि बढ्न नसक्ने बताएका छन् ।

काठमाडौंमा आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले पार्टीमा युवा आवश्यक पर्ने बताए ।

‘खेलकुद जगतमा बढी लागेका साथीहरूले पनि नेपाली कांग्रेसलाई बलियो बनाउन सक्नुहुन्छ, कुनै पनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन,’ सभापति देउवाले भने ।

साथै उनले खेलकुद जगत अत्यन्तै महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077