Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शिक्षण अस्पताल पुगेर प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

शिक्षण अस्पताल पुगेर प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

आइतवार , पौष १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेका हुन् ।

उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।

सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077