Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादी सच्चिए आगामी चुनावमा पहिलो पार्टी बन्ने वर्षमान पुनको दाबी

माओवादी सच्चिए आगामी चुनावमा पहिलो पार्टी बन्ने वर्षमान पुनको दाबी

आइतवार , पौष १४, २०८१

प्यूठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताले माओवादी एक्लै एजेण्डामा टेकेर उभियोस् भन्ने चाहेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले यस्तो टिप्पणी गरेका हुन् ।

लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र हुने उल्लेख गरेका उपमहासचिव पुनले जनताले उठाएका प्रश्नहरुको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए ।

साथै उनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077