Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप एक नेपालीमा मंकिपक्स पुष्टि

थप एक नेपालीमा मंकिपक्स पुष्टि

सोमवार , पौष १५, २०८१

काठमाडौं । थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा संक्रमण देखिएको छ । संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।”

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077