Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

तमु ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने - संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ

तमु ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने - संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ

सोमवार , पौष १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ।’

प्रधानमन्त्री ओलीले नेपाल संस्कृतिमा धेरै धनी रहेको उल्लेख गर्दै भने, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ ।’

सोमबार गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077