Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : शंकर पोखरेल

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : शंकर पोखरेल

सोमवार , पौष १५, २०८१

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन् ।

एमाले दाङ प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताए। विगतमा सरकारमाथि अदालतको हस्तक्षेप, अराजकता र अस्थिरताका कारण देशको अर्थतन्त्र समेत कमजोर हुन पुगेको उनले बताए ।

अहिले देशको आर्थिक अवस्थामा सुधार आइरहेको दाबी उनले गरे। राम्रो काम गर्दा गर्दै सरकार ढल्दैछ भनेर हल्ला चलाउने काम भइरहेको महासचिव पोखरेलको आरोप छ ।

पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताए। उनले ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले योजनाबद्ध सुधारका काम गरिरहेको बताए ।

कसैलाई चित्त नबुझ्दैमा सरकार ढल्न नसक्ने दाबी उनले गरे । ठूला दल मिलेको चित्त नबुझे पनि मिलिराखेपछि सबैलाई स्विकार्न बाध्यता हुने विचार उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077