Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेबाट निष्काशनमा परेका भीम रावलले पत्रकार सम्मेलन गर्दै

एमालेबाट निष्काशनमा परेका भीम रावलले पत्रकार सम्मेलन गर्दै

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

आफ्ना कुरा राख्न र भावी कार्ययोजनाबारेजानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको हुन् ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको रावलले निकट स्रोतले बतायो ।

बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको बताइएको छ । रावलले पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने तयारी थालेको रावल निकट स्रोतले बतायो ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077