Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँध्यो : वर्षमान पुन

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँध्यो : वर्षमान पुन

सोमवार , पौष १५, २०८१

प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।

प्युठानको जुम्रीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति आपत्ति जनाए।

उपमहासचिव पुनले भने,‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । प्रक्रिया नपुर्‍याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’

राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए।

उनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077