Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

यो सरकार संविधान र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ : प्रचण्ड

यो सरकार संविधान र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ : प्रचण्ड

सोमवार , पौष १५, २०८१

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार देश र लोकतन्त्रका विरुद्धमा काम गरिरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरगञ्जमा आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ। संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ।’

अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक रहेको समेत जिकिर गरे।

आफूहरुसँग प्रयाप्त तागत नभएकाले जनताको आसा हुँदाहुँदै पनि सरकार छोड्नु परेको भन्दै उनले २०८४ को चुनावमा आफूहरुलाई पहिलो पार्टी बनाउन समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077