Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

झापा पुगेर प्रचण्डले भने – गिरिबन्धुको फाइल खोलेरै छाडिन्छ

झापा पुगेर प्रचण्डले भने – गिरिबन्धुको फाइल खोलेरै छाडिन्छ

सोमवार , पौष १५, २०८१

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर अध्यक्ष प्रचण्डले उक्त घोषणा गरेका हुन्।

उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष प्रचण्डले भने,‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ। गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु। मेरो सुई गिरिबन्धुतिर जाँदै थियो। त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो। त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ। फाइल खोलेरै छाडिन्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077