Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपालमा पहिलो पटक वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ ।

हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको हो ।

अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशानुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ ।

सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077