Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै एमालेबाट निकाला भएका भीम रावल, नयाँ पार्टी घोषणा गर्लान् ?

आज पत्रकार सम्मेलन गर्दै एमालेबाट निकाला भएका भीम रावल, नयाँ पार्टी घोषणा गर्लान् ?

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् ।

आफ्ना भावी योजनाबारे जानकारी दिन रावलले दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । उनलाई आज कतिपयले नयाँ पार्टी घोषणा गर्न लागेको आशंका गरिरेहका छन् ।

तर डा. रावलले आफूमाथिका आरोप खण्डन गर्ने तयारी गरेका छन् । रावलले लिखित रूपमै आरोपको खण्डन गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले ४५ पन्ने दस्तावेज तयार गर्दै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077