काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ को शुभकामना दिएको छ ।
आजदेखि सुरु भएको नयाँ वर्षको प्रधानमन्त्री ओलीले सबैमा शुभकामना व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा ओलीले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ’ लेखेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ ।