Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता डा.भीम रावलले एमालेभित्र केपी ओलीको गुटबाट आफू कोपभाजनमा परेको बताएका छन् ।

एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

रावलले एमालेबाट निकालिएपछि आफु विकल्पबाट हिँड्न बाध्य भएको बताए।

उनले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताए।

नेता रावलले भने, 'देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु।'

रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077