Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने भीम रावलको दाबी

आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने भीम रावलको दाबी

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी गरेका छन् ।

पार्टीबाट निष्कासनमा परेपछिआज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले एक्त दाबी गरेका हुन् ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरे ।

उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागे।

ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलले दाबी गरे।

रावलले भने,‘देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077