Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेमा नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन्।

बुधबार आज पत्रकार सम्मेलन गरेका नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने उनको भनाई छ ।

नेता रावलले भने,'देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ ।'

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077