Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम

पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम

शुक्रवार , पौष १९, २०८१

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।

गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम बुधबार सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिए । उनले वैशाख महिनादेखि सुरु गरिएको ड्रिलिङको कार्य सम्पन्न भएको बताए ।

उनले भने, “असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिन पुग्यो ।” दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077