Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाज विभाजित गर्ने अभिव्यक्ति नदिन प्रचण्डलाई महेश बर्तौलाको आग्रह

समाज विभाजित गर्ने अभिव्यक्ति नदिन प्रचण्डलाई महेश बर्तौलाको आग्रह

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले यस्तो बताएका हुन् । उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए ।

उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'प्रति लक्षित गर्दै उनले भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे।

उनले भने पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077