Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पत्रकार पुडासैनीको निधन

पत्रकार पुडासैनीको निधन

शनिवार , पौष २०, २०८१

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नुवाकोट घर भएका पुडासैनीको शुक्रबार राति करिब १० बजे निधन भएको हो ।

अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन् । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077