Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मधेस केन्द्रित दलसँग संवाद र सहकार्य गर्न लोसपाले बनायो ५ सदस्यीय समिति

मधेस केन्द्रित दलसँग संवाद र सहकार्य गर्न लोसपाले बनायो ५ सदस्यीय समिति

आइतवार , पौष २१, २०८१

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

लोसपाले पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सो समितिले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणमा काम गर्नेछ ।

लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन गरेको उल्लेख छ।

लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077