Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठकद्धारा रावल, पाण्डे र तिम्सेनाको कारबाही अनुमोदन

एमाले केन्द्रीय कमिटी बैठकद्धारा रावल, पाण्डे र तिम्सेनाको कारबाही अनुमोदन

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीले भीम रावलसहितका नेतालाई कारबाही गर्ने निर्णय अनुमोदन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज भएको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरेको हो।

पछिल्लो पटक कारबाहीमा परेका नेता डा. रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गर्ने निर्णय पनि अनुमोदन भएको छ ।

एमालेले पूर्वउपाध्यक्षसमेत रहेका नेता डा. रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो । यस्तै स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।​​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077