Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीले फागुन १ देखि एक महिने जागरण अभियान चलाउने

माओवादीले फागुन १ देखि एक महिने जागरण अभियान चलाउने

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ ।

आइतबार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई/मधेस जागरण अभियान चलाउने जानकारी दिएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए।

साथै, उपत्यका विशेष अभियान चलाउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077