Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्भवती महिलाले बाटोमै जन्माइन बच्चा, रहेनन् आमा र शिशु

गर्भवती महिलाले बाटोमै जन्माइन बच्चा, रहेनन् आमा र शिशु

सोमवार , पौष २२, २०८१

बझाङ । बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी २१ वर्षीया सविता बोहराको मृत्यु भएको हो ।

केदारस्युँ गाउँपालिका–१ डुडिलकी बोहराको अस्पताल लैजाने क्रममा सोमबार बीचबाटोमै मृत्यु भएको बताइएको छ । उनलाई व्यथा लागेपछि हिँडाले रै अस्पताल लगिदैँ थियो ।

तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन । त्यसपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको बताइएको छ ।

बच्चा जन्मिएको केही समयमै दुबै जनाको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । घटना थाहा पाएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाइए पनि आमा र शिशुलाई बचाउन नसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077