Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वाइडबडी खरिदबारे संसदीय छानबिन समिति बनाउन रास्वपा सांसद खनालको माग

वाइडबडी खरिदबारे संसदीय छानबिन समिति बनाउन रास्वपा सांसद खनालको माग

मंगलवार , पौष २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै सांसद खनालले उक्त माग गरेका हुन्।

उनले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरे।

सांसद खनालले भने,‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन् । यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’

सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रुपमा अनियमितताबारे अनुसन्धान हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077