Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजारमा ९९ प्रतिशतसम्म विष भएका खान अयोग्य हरिया साग छ्याप्छ्याप्ती

बजारमा ९९ प्रतिशतसम्म विष भएका खान अयोग्य हरिया साग छ्याप्छ्याप्ती

बुधवार , पौष २४, २०८१

काठमाडौं । मानव स्वास्थ्यको लागि सागपात निक्कै महत्त्वपूर्ण मानिन्छ । तर, पछिल्लो समय रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ । रायो सागमा दैनिक रुपमै अत्यधिक परिमाणमा विषादी फेला पर्न थालेको हो।

व्यवसायिक रुपमा अत्यधिक उत्पादन गराउने नाममा आफूखुशी मात्रामा विषादी प्रयोग गरिएका कारण रायो सागमा दैनिक रुपमै विषको मात्रा अत्यधिक पाउन थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीको परिक्षणबाट खुलेको छ ।

विषादी अवशेष प्रयोगशालाका अनुसार काठमाडौंका एक कृषकले आज बिहान कालिमाटी तरकारी बजारमा बिक्री गर्न ल्याएको रायो सागमा ९९.२३ प्रतिशतको हाराहारीमा घातक अर्गेनोफस्फेटको मात्रा पाइएको थियो।

यस्तै बुधबार नै भक्तपुरका किसानले बिक्रीको लागि ल्याएको जिरीको सागमा पनि ८८.८४ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट पाइएको थियो ।

सरकारले रोकावट प्रतिशतको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइएमा केहि दिन राखेर मात्रै उपभोग गर्न मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी तथा साग उपभोगका लागि प्रतिवन्ध लगाएको छ । भक्तपुर, धादिङ, काभ्रे, चितवन, दोलखालगायतका जिल्लाबाट आपूर्ति हुने रायो सागसहित अन्य प्रकारका साग तथा हरियो तरकारीमा विषको मात्रा अत्यधिक पाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077