Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पक्षघात उपचारका लागि औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

पक्षघात उपचारका लागि औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

बिहिवार , माघ ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सयजनाले ज्यान गुमाउँदै आएका छन् ।

यस्तो अवस्थामा अमेरिकी सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।

‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ । एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077