Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

प्रतिव्यक्ति ऋणको भार ८६ हजार ९६० रुपैयाँ

प्रतिव्यक्ति ऋणको भार ८६ हजार ९६० रुपैयाँ

आइतवार , माघ ६, २०८१

काठमाडौं । सार्वजनिक ऋण २५ खर्ब रुपियाँ नाघेको छ। चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड १४ लाख रुपियाँ पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको दायित्व ४४ दशमलव ४६ प्रतिशत रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ। आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँमा रहेको थियो ।

सो अवधिमा सरकारले कुल २ खर्ब ४० अर्ब ८ करोड ७२ लाख रुपियाँ ऋण लिएको भए पनि १ खर्ब ८२ अर्ब ४० करोड १९ लाख रुपियाँ अर्थात् लक्ष्यको ४५ दशमलव २८ प्रतिशत ऋणको साँवा ब्याज भुक्तानी गरेको छ।

चालू आवमा सरकारले ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्यमा आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रहेको छ। उक्त लक्ष्यमध्ये छ महिनाको अवधिमा ४३ दशमलव ८९ प्रतिशत ऋण प्राप्त गरिसकेको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077