Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मंगलवार , माघ ८, २०८१

काठमाडौं । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङमाथि अनुसन्धान गर्न थप पाँच दिनको म्याद थप भएको छ ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार अनुसन्धान गर्न थप पाँच दिनको अनुमति दिएको हो ।

यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।

पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ । गएको पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077