काठमाडौं । सशस्त्र प्रहरी बलले क्रिकेटर सन्दीप जोरालाई बढुवा गरेको छ ।
२४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा जोरालाई जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको हो । उनको विशेष बढुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विभागीय टोली एपीएफ क्लबबाट जोरा क्रिकेट खेल्ने गरेका छन् ।
यसैगरी सशस्त्र प्रहरीले चार जना महिला फुटबलरको पनि विशेष बढुवा गरेको छ ।