Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सशस्त्रका १५ खेलाडीलाई‌ विषेश बढुवा [नामसहित]

सशस्त्रका १५ खेलाडीलाई‌ विषेश बढुवा [नामसहित]

मंगलवार , माघ ८, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ ।

२४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एकजना कला संस्कृतितर्फका कर्मचारीको बढुवा गरेको हो ।

विशेष बढुवा हुनेमा चार जना महिला फुटबलर र क्रिकेटर सन्दीप जोरा समेत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

राष्ट्रिय टोलीमा समेत नियमित सदस्य रहेका अनिता केसी, गीता राना, सरु लिम्बु र भगवती थापा बढुवा भएका हुन् ।

थापा वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् भने अरु तीन जना फुटबलर र क्रिकेटर जोरा जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077