सल्यान । सल्यानमा मंगलबार बेलुकी एक थान ग्रिनेड बम फेला परेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका-४ किमुचौर नजिकै रहेको नेपाल टेलिकमको रिपिटर टावर नजिकै बम फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार झाडी सरसफाइ गर्न गएका स्थानीयले रिपिटर टावर नजिकै ग्रिनेड बम फेला पारेको थियो । ग्रिनेड बम डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको छ ।
द्वन्द्वकालमा कपुरकोट-४ किमुचौरमा रहेको टेलिकमको रिपिटर टावर सुरक्षाको लागि सेना बसेको र अहिले छाडे पनि त्यही बेला बम छुटेको हुनसक्ने प्रहरीको अनुमान छ । ग्रिनेड बम बुधबार डिस्पोज गरिने बताइएको छ ।