Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मकवानपुरबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुरबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

बुधवार , माघ ९, २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

राक्सिराङ गाउँपालिका-१ गडुवानका ५२ वर्षीय जित बहादुर थिङलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम बरामद भएको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077