काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता तोकिएको छ ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ता तोकेका हुन् ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भइसकेका छन् ।
उनले आज बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका छन् ।