Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

खाजा घरमा कान छिनालेर फरार गुण्डा १० दिनपछि पक्राउ

खाजा घरमा कान छिनालेर फरार गुण्डा १० दिनपछि पक्राउ

बुधवार , माघ ९, २०८१

काठमाडौं । साथीको कान छिनालेर फरार भएका एक जना आक्रमणकारी पक्राउ परेका छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार अपराह्न नुवाकोट पञ्चकन्या गाउँपालिका–४ निवासी ४५ वर्षीय दीपक पण्डित 'डुडे' लाई पक्राउ गरेको हो । उनी हाल तारकेश्वर नगरपालिका–११, नेपालटारमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनापछि फरार भएका दीपकलाई खोजी गर्ने क्रममा बुधबार अपराह्न ३ः२० बजे बालाजु बाइपासमा फेला पारिएको थियो ।

तारकेश्वर नगरपालिका–१, साँग्लास्थित खाजा घरमा पुस २९ गते राति दीपकले नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ निवासी रोशन पण्डितलाई सिसाको बोतल र गिलासले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनी फरार अवस्थामा रहेका थिए ।

पीडित पक्षले दिएको जाहेरी समेत लिन नमानेपछि गुन्डा नाइके डुडेसँग प्रहरीको मिलेमतोको आशंका गरिएको थियो । अन्ततः प्रहरीले उनलाई १० दिनपछि पक्राउ गर्न सफल भएको हो ।

[insert page='328420' display='yopanipadhnuhos.php']

उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ । प्रहरी अभिलेखअनुसार दीपक पण्डित यसअघि पनि अभद्र व्यवहार, जुवा, र लागु औषध कसुरमा संलग्न रहेको पनि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077