Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

उच्च अदालतको आदेश - एमाले नेता महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउनू

उच्च अदालतको आदेश - एमाले नेता महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउनू

बिहिवार , माघ १०, २०८१

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

बुधबार उच्च अदालत पाटनले महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो ।

महरबाट बलात्कृत भएको भन्दै एक महिलाले दिएको जाहेरी तामेलीमा राखिएपछि पीडित अदालत पुगेकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई विपक्षी बनाएर दायर मुद्दामा न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले अनुसन्धान अघि बढाउन आदेश दिएका हुन् ।

अब प्रहरीले महरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077