Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रूपन्देही जिल्ला अदालतमा रविको थुनछेक बहस आजबाट

रूपन्देही जिल्ला अदालतमा रविको थुनछेक बहस आजबाट

बिहिवार , माघ १०, २०८१

काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

अदालतले लामिछानेलाई आज बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविसँग जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो ।

बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077