Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चौरपाटीका ११५७ किशोरीलाई एचपीभी खोप लगाइँदै, कुन वडाका कति ?

चौरपाटीका ११५७ किशोरीलाई एचपीभी खोप लगाइँदै, कुन वडाका कति ?

शनिवार , माघ १२, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकाका एक हजार १२९ किशोरी (छात्रा)लाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

गाउँपालिका भित्रका सात वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार १२९ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो । एचपीभी खोप अभियान यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपाल सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म ३० गतेसम्म खोप अभियान सञ्चालन गर्नेछ । तर चौरपाटीमा छात्राको संख्या कमै भएका कारण माघ २२ देखि २४ सम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य शाखाका प्रमुख खेम बोगटीले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ सिउँडीमा २६५, वडा नम्बर २ सोकटमा २८७, वडा नम्बर ३ गगुडामा ११२, वडा नम्बर ४ पायलमा १७२, वडा नम्बर ५ लुंग्रामा १००, वडा नम्बर ६ दुनिमा १०२ र वडा नम्बर ७ मार्कुमा ९१ गरी एक हजार १२९ छात्रालाई एचपीभी खोप लगाइने छ ।

उनीहरु सबै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा हुन् । यस्तै विद्यालय नजाने किशोरीहरुको संख्या २८ रहेको छ । उनीहरु १० देखि १४ वर्षका किशोरीहरु रहेका छन् । योसहित एक हजार १५७ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने छ ।

हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई नि:शुल्क एचपीभी खोप प्रदान गरिनेछ । खोप लगाउनका लागि स्वास्थ्यकर्मी र स्वयंम्सेवक परिचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077