Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

वर्षमान पुन भन्छन् - सरकार फेरिन सक्छ तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ

वर्षमान पुन भन्छन् - सरकार फेरिन सक्छ तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ

आइतवार , माघ १३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार फेरिए पनि विकासमा नीतिगत निरन्तरता आवश्यक रहेको बताएका छन्।

अर्थ तथा योजना विभागले आज राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले सो कुरा बताएका हुन्।

उनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताए।

उपमहासचिव पुनले भने,‘हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ । तर, नीतिगत निरन्तरता भयो भने रिजल्ट आउँछ।’

उपमहासचिव पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए।

उनले नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको उदारहण प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077