Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु : स्वास्थ्यमन्त्री पौडेल

सोमवार , माघ १४, २०८१

भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बिमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् ।

आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, “स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बिमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077