Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मतपत्रबारे विवाद भएपछि रोकिएको अखिल क्रान्तिकारीको मतगणना पुनः सुरु हुँदै

मतपत्रबारे विवाद भएपछि रोकिएको अखिल क्रान्तिकारीको मतगणना पुनः सुरु हुँदै

सोमवार , माघ १४, २०८१

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट फेरि सुरु हुँदैछ ।

क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्नुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी गराएका हुन् ।

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो ।

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । अब दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077