काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको छ ।
सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन्।
यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ।