Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दर्ता नभएका भिटामिन बिक्री गर्नेलाई कडा कारबाही गर्छौ : स्वास्थ्य मन्त्रालय

दर्ता नभएका भिटामिन बिक्री गर्नेलाई कडा कारबाही गर्छौ : स्वास्थ्य मन्त्रालय

बुधवार , माघ १६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुने जनाएको छ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरेर कडा कारबाही गरिने जनाएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५ (२) मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ।

मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐनबमोजिम गर्न तथा गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गर्न सबै सरोकारवालामा अनुरोध गरेको छ ।

“स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077