Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सरकारी कर्मचारीले राजीनामा दिए ८ महिनाको अतिरिक्त तलब दिने ट्रम्पको घोषणा

सरकारी कर्मचारीले राजीनामा दिए ८ महिनाको अतिरिक्त तलब दिने ट्रम्पको घोषणा

बुधवार , माघ १६, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने काम सुरु गरेका छन्।

ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई जागिर छोड्ने विकल्प प्रस्ताव गरेको हुन्।

यसका लागि एक हप्ता अर्थात् फेब्रुअरी ६ सम्मको समय दिइएको छ। जागिर छोडेबापत कर्मचारीहरूलाई ८ महिनाको अतिरिक्त तलब दिइनेछ।

सरकारी जागिरका लागि भर्ना गर्ने कार्मिक विभागले भविष्यमा कर्मचारी कटौती गर्ने चेतावनी पनि दिएको छ।

लाखौं कर्मचारीहरूलाई पठाइएको इमेलमा उनीहरुले फेब्रुअरी ६ सम्ममा राजीनामा दिए लगभग आठ महिनाको तलब पाउने जनाइएको छ।

अमेरिकामा ३० लाखभन्दा बढी संघीय कर्मचारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077